हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपालको पहिलो रक गायक मुकुन्द खड्काको निधन

काठमाण्डौ -नेपालको पहिलो रक गायक माइक(मुकुन्द)खड्काको निधन भएको छ । शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिकेका गायक खड्काको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो।

Advertisement

सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत थिए ।  गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गरेका उनले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)