प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी पत्रकार उदय जीएमको नेतृत्वमा आयोजक समिति गठन गरेको छ। संघका अध्यक्ष नारायण शर्माले राजीनामा दिएपछि बैठकले नयाँ आयोजक समितिको संयोजकमा जीएमलाई चयन गरेको हो।

राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संगठनका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा रुपन्देहीको बुटवलमा शनिबार सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै आयोजक समिति गठन गरेको हो। बैठकले श्यामलाल पोखरेल सचिव र बिनोद पौडेल कोषाध्यक्ष रहेको आयोजक समिति बनाएको छ।

 १९ सदस्यीय आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउँले, माधव भाट, प्रज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरि, विद्यानाथ अधिकारी र गोपाल बराइली रहेका छन्। त्यस्तै सदस्यहरुमै श्याम घिमिरे, प्रकाश थापा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, भाषा शर्मा, शुक्र भण्डारी र जुमानसिंह केसी रहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार