समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने पत्रकार अजयबाबुमाथि ‘सुरक्षा थ्रेट’:नेपाल प्रेस युनियन

काठमाडौं । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’को बार्गेनिङ गरेको अडियो सार्वजनिक गरेका हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीलाई ‘सुरक्षा थ्रेट’ बढेको भन्दै नेपाल प्रेस युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी कर्मचारीले यौनदुराचारको आरोप लगाएको भिडियो सार्वजनिक गरेका पत्रकार सिवाकोटीमाथि अहिले फेरि सुरक्षा थ्रेट बढेको भन्दै युनियनले उनको सुरक्षा गर्न सम्बन्धित निकायसँग माग गरेको छ । नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका सिवाकोटीलाई महराको भिडियो सार्वजनिक गर्दा पनि सुरक्षा थ्रेट आएको बताइएको थियो । आइतबार एक विज्ञप्ति जारी गर्दै युनियनका अध्यक्ष बद्री सिग्देलले बाँस्कोटाको अडियो सार्वजनिक गरेपछि सिवाकोटमाथि सुरक्षा थ्रेट बढेको बताएका हुन् ।

Advertisement

विज्ञप्तिमा भनिएको छ,‘अडियो सार्वजनिक घटनापश्चात महासचिव एवं प्रधानसम्पादक सिवाकोटीको निवास तथा कार्यालय आसपासमा केही अपरिचित व्यक्तिले शंकास्पद गतिविधि गर्ने गरेको र रेकी गरी फर्कने गरेपछि उहाँलाई असुरक्षा महशुस भएकोप्रति प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । साथै विभिन्न व्यक्तिहरुले उहाँलाई समाजिक सञ्जालमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धम्क्याउने र अपशब्द प्रयोग गर्ने गरेकोप्रति प्रेस युनियन खेद प्रकट गर्दै त्यस्ता व्यक्तिलाई तत्काल कानूनी कारवाही गरी स्वतन्त्र र निर्वाध पत्रकारिता गर्ने वातावरणको ज्ञारेन्टी गर्न सरकारसँग माग गर्दछौं ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article