ललितपुर । ललितपुरको बालकुमारीमा सोमबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा३८प ८३५७ नम्बरको मोटरसाइकल आकाशेपुल नजिकैको रेलिङमा बिहान सवा ४ बजे ठोक्किएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँको लाजिम्पाट बस्ने अन्दाजी ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा बिहान पौने ५ बजे मृत्यु भएको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार