हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रहरीले महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल

महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी एक महिलामाथि लाठी बर्साएका छन् । महिलालाई लाठी हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Advertisement

प्रहरीको एक जिम्मेवार अधिकृतले एक बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको दृश्यले प्रहरी सङ्गठनको नारा एउटा र व्यवहार अर्को देखिएको स्पष्ट पार्छ ।

Advertisement

प्रहरीको निर्मम कुटाइ खाने ती महिला हुन् हेमा श्रेष्ठ । जो आफै पनि पछिल्ला केही महिनायता सामाजिक सञ्जालहरुमा भाइरल छिन् ।

https://youtu.be/jpJZQb2b5Ng

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)