भारतीय आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए ।
यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो रू> २२० थियो ।
तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो रू। ७ सयदेखि ८ सयसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायी रामबहादुर क्षत्रीले बताए । भारतीय लसुनको आयात हुन थालेपछि भने मूल्य घट्दै प्रतिकिलो रू। ४२० कायम भएको छ ।
त्यसैगरी भारतीय लसुनको मूल्य प्रतिकिलो रू। २८० रहेको छ ।चीनबाट लसुन आयात हुन नसक्दा व्यापारीहरूले लुकाएर राखेको चिनियाँ लसुन अहिले बजारमा आउन समेत थालेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।