समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

यसरी गरिँदैछ प्रधानमन्त्रीको

       त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् ।

Advertisement

टोलीमा डा। पवनराज चालिसे, डा उत्तम शर्मा, डा। दिव्यसिंह शाह र डा। सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।
प्रत्यारोपण पछि ५÷६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले बताए ।
डा। खड्गाका अनुसार तीनदेखि चार घण्टामा प्रत्यारोपण सकिनेछ । अन्य कुनै समस्या आएका तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा।डा। अरुण सायमी, प्रा।डा। भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा।डा। रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा।डा। जगदीशप्र्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article