विराटनगर उपमहानगरपालिका १९ मिलन चोक नजिकै टिपरको ठक्करबाट गएराति टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० का टेम्पाे चालक बाबुराम सरदार र उनकी नातिनि ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।

पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ ख २९१७ नम्बरको टिपरले बिपरित दिसाबाट आउदै गरेको प्रदेश १ ००२ ह ८६०६ नम्बरको टेम्पोलाई ठक्कर दिदाँ उनिहरूकाे घट्नास्थलमै मृत्यु भएकाे प्रहरी कार्यालय मोरङले जनाएकाे छ । दुवैकाे शवलाइ पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको प्रहरीले बताएको छ ।

टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ का वर्ष ३२ का हरेराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका थिए । बिहानै देखी घटनास्थलमा स्थानीय भेला भई बाटो अवरोध गरिरहेका छन् । उनीहरुले दोषीलाई कडा भन्दा कडा कारवाहीको माग राखेर नाराबाजी गरिरहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार