काठमाडौं । यो बर्ष रंगहरुको पर्व होलीमा निक्कै रौनक छाउने भएको छ । होलीको समय लगातार ४ दिन विदा हुने भएको छ । फागुन २४ गते शनिबार यसैपनि नियमित सार्वजनिक विदा परेको छ । २५ गते नारी दिवस परेको छ । यो दिन महिलाहरुलाई सार्वजनिक विदा दिइएको छ । २६ गते पहाडी जिल्लामा होली पर्व सार्वजनिक विदा दिइएको छ ।

भने २७ गते तराईमा होली पर्व भएकाले उक्त दिनपनि सार्वजनिक विदा परेको छ । होलीमा प्रदेश नम्बर २ को सरकारले भने लगातार २ दिन नै विदा दिने निर्णय लिएको छ । होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । केन्द्र सरकारले होली पर्वमा एक दिन (फागुन २६ गते) सार्वजनिक बिदा दिने गरेको छ ।

प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

१५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली मनाइने परम्परा छ । फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार