हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राप्रपा र राप्रपा(संयुक्त) बीच एकता स् थापा, राणा र लोहनी अध्यक्ष रहने सहमति (पत्रसहित )

काठमाडौं, २४ फागुन । लामो समयको प्रयास, छलफल र वार्तापछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्नेबारे आधारपत्रमा सहमति भएको छ । आज शनिबार राति अवेर उक्त सहमति भएको हो । राप्रपाका नेता मोहन श्रेष्ठले दुई पार्टीबीच सैद्धान्तिक सहमति भएको कुरा सार्वजनिक गरेका छन् ।

Advertisement

उनले आफ्नो फेशबुकमा पार्टी एकताको आधारपत्रसमेत सार्वजनिक गरेका छन् । आधारपत्रमा उल्लेख भएअनुसार दुई पार्टीबीचको बृहत्त एकताको घोषणा यही फागुन २८ गते हुनेछ ।

Advertisement

पार्टी एकताको १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)