नारीको सम्मान हो ,
सृष्टिको सम्मान,
सम्मान ‘गरेर सकिदैन ,
नगर्नु है अपमान।
नारी सृजनकर्त्री हो ,
ममताको हुन धाम,
नारी हो सुख-वर्तिका,
समता-नेह सुनाम।
नारी छन त सृष्टि छ ,
सौंदर्य र सौहार्द,
स्नेह कि सरिता सुखदा,
अन्यथा आर्तनाद।
सृष्टिका आधार हुन ,
सक्छो ‘गर सम्मान,
सृष्टि हो सुखमय,
खुशी रहे समान।
– ” तिमी “
तिमी -तिमी केवल तिमी हौ
मनको राजा तिमी हौ ।
कुवामा शीतल हौ
हेर्दा त जल हौ ।
धूमिल निशाबाट मनमोहक
गोधूलिको तिमी पल हौ ।
यो मनमा मुस्कुराउ न
तिमी मेरो बल हौ ।
बाग बगिनामा शोभा मेरी
तिमी त्यो कुसुमको दल हौ जे पनि हौ मेरी हौ
आउने वाला कल हौ ।
-देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1