खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीवारीमा लिग फुटबल शुरु 

हल्दीवारी , २९ बैशाख । हल्दीवारी गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोग तथा मेचे युवा क्लबको आयोजनामा आजदेखी लिग फुटबल शुर भएको छ ।
वडा नम्बर ४ अन्तरगत साविक जलथल ५,६ र ७ नम्बर वडालाई ३ समुहमा बिभाजन गरि लिग फुटबल शुरु गरेको वडा अध्यक्ष शन्तकुमार थापाले जानकारी दिनुभयो ।
यहि बैशाख ५ गतेसम्म संचालन हुने लिग प्रतियोगिताबाट वडामा राम्रो खेलाडीको टिम तयार गर्ने उदेश्यले लिग फुटबल प्रतियोगिता गरेको मेचे  फुटबल आयोजक कमिटीका  अध्यक्ष सचिन मेचेले बताए ।
हल्दीवारी ४ का वडा अध्यक्ष श्न्तकुमार थापाको प्रमुख आतिथ्यतामा भएको आजको खेल साविक ६ र ७ बिच एकएक गोल भएपछि वरावरीमा टुंगिएको थियोे ।
लिगमा बिजय टिमले १५ हजार नगदसहित ट्रफि , मेडल  पाउने छ्न भने उपविजेता र तेस्रो हुनेलाई समेत १० हजार ,५ हजार नगदसहित मेडल प्रमाणपत्र प्रदान गरिने खेल आयोजना समितिका सचीव अनिल चौहानले बताए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article