भविश्यको कर्णधार छात्रवृत्ति कार्यक्रमलाई झापाली समाज साउदी अरबद्वारा शिक्षामा वार्षिक छात्रबृत्तिको लागि पाच लाख सहयोग गरेको छ । मंगलबार झापाको बिर्तामोडमा सम्पन्न कार्यकममा उक्त रकम हस्तातरण गरीएको हो।

“गरिब, मेहनति र प्रतिभावान विद्यार्थीको शैक्षिक उन्नयनमा अविछिन्न सहयोग, झापाली समाजको प्रस्तुति शिक्षामा “वार्षिक छात्रबृत्तिको लागि अक्षयकोष” भन्ने आशयका साथ गत अप्रिल १२ ,२०२४ मा साउदी अरबमा सपन्न्न झापाली समाज साउदी अरबको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक र शुभकामना आदानप्रदान कार्यक्रममा संकलिताट अक्षयकोष स्थापनागरि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरुप ५ लाख जेठ १५ गते मंगलबार झापाको बिर्तामोड कार्यक्रमकाे बीच झापाली समाज साउदी अरबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज यु.एस.एका संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानालाई चेक हस्तान्तरण गरेका थिए। बाकी २ लाख रूपैयाँ अन्य सामाजिक कार्यमा खर्च गरिने जनाएको छ ।

यो एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ अभियान झापाली समाज अमेरिका हो र यसमा झापाली समाज साउदी अरबले पनि उक्त अभियानमा जाेडिएर २ जना विद्यार्थीको वार्षिक छात्रबृत्तिको लागी साथ दिएको झापाली समाज साउदी अरबका अध्यक्ष रबिन गिरीले बताए। उनका अनुसार झापालि समाज साउदी अरबले विभिन्न सामाजिक कार्यहरूमा सक्रियताका साथ सदैब संस्थालाई अगाडि लैजाने बताए ।

झापाली समाज अमेरिका, झापा विकास मञ्च र झापा जिल्ला सहकारी संघको सहकार्यमा बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो ।कार्यक्रममा झापाका कक्षा १ देखि १२ सम्म अध्ययनरत ७९ जना बिद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । बिद्यालय स्थानीय तह तथा पालिकाबाट सिफारिस भएका ७९ जना बिद्यार्थीहरुलाई जनही २१ हजार रुपैयाँका दरले छात्तवृत्ति बितरण गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार