झापा  । झापा गाउँपालिकाको  नीति तथा कार्यक्रम सहित आर्थिक वर्ष २०८१-०८२ को वजेट  गाउँ सभाले सर्व सम्मत स्वीकृत गरेको छ ।

पालिका का. वा. अध्यक्ष एवं पालिका उपाध्यक्ष  अन्जुदेवी द्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा  वार्षिक आय व्यय समेटिएको वजेट गाउँ  सभाले अनुमोदन गरेको हो ।

आगामी आर्थिक वर्ष २०८१- ०८२ को नीति तथा कार्यक्रमका लागि ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

गाउँपालिकाअको १६ औं  गाउँ  सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा पालिका कार्यवाहक अध्यक्ष एवं पालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले  चालु आर्थिक वर्ष को भन्दा कम   बजेट प्रस्तुत गर्नु भएको  हो ।

चालु आर्थिक २०८० – ०८१ मा वर्षमा ४९ करोड ९० लाख १७ हजार २ सयबजेट रहेकोमा आगामी आर्थिक वर्ष ४७ लाख १२ हजार २ सय घटाएर  अनुमानित बजेट ल्याएको हो ।

आगामी अनुमानित बजेटमा आर्थिक विकासतर्फ १ करोड ८४ लाख , सामाजिक विकासतर्फ ५ करोड ७४ लाख २० हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ  २१ लाख, संस्थागत विकास – सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ   ५५ लाख र पूर्वाधार विकासतर्फ १० करोड २८ लाख,  संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीयत समपुरक अनुदान ७६ लाख ,प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार र प्रदेश समपुरक अनुदान १ करोड  गरी ४९ करोड ४३ लाख  ५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट  पालिका कार्यवाहक अध्यक्ष एवं पालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले  प्रस्तुत  गर्नु भएको छ ।

पालिकाले ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये गाउँपालिकाको आन्तरिक आय १ करोड ५० लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १० करोड ३९ लाख , प्रदेशबाट ४४ लाख ७९ हजार ,घरजग्गा रजिस्टेशन दस्तुर  ५० लाख ,संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीय समानिकरण अनुदान ११ करोड ७४ लाख ,प्रदेश समानिकरण अनुदान ७३ लाख ७९ हजार , संघीय समपुरक अनुदान ७६ लाख ,प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार ,  र प्रदेश समपुरक अनुदान १ करोड रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार