हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कचनकबलको मोति माविमा सामुहिक धान रोपाइँ 

बनयानी। २१ औं राष्ट्रिय धान दिवसको अवसरमा झापाको कचनकबल गाउँपालिका वडा नंं ३ मा रहेको मोती माध्यामिक विद्यालयमा धान रोपाइँ गरिएको छ ।

Advertisement

मोति माध्यमिक विद्यालयको बालीबिज्ञान बिषय अध्यानरत विद्यार्थीलाई प्रयोगात्मक हुने हिसाबले सिकाईका लागि धान रोपाइँ कार्यक्रम गरिएको हो।

Advertisement

कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंंशीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष नवराज भट्टराईको विशिष्ट आतिथ्यता एवम् अभिभावक ,विद्यार्थी,शिक्षकहरुले धान रोप्दै सामुहिक रुपमा धान रोपाइँ महोत्सव मनाएका हुन।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका प्रमुख राजवंंशीले धान रोपाइँ महोत्सवलाई पालिका मै राम्रो तयारीका साथ मनाउने भनी रहेको अवस्थामा यस पल्टको एसइई नतिजाका कारणले आफू चिन्तित रहेको बताउदै आगामी दिनमा यस्ता कमिकम्जोरीलाई सुधार गरी लैजाने कुरामा पालिका लागि पर्ने समेत बताउनु भएको छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष भट्टराईले कचनकबलले खाद्यान्न उत्पादनमा महत्त्वपूर्ण भुमिका खेलेको जिकिर गर्दै आधुनिक कृषि उपकरण द्वारा उत्पादन लाई बढाउदै आयआर्जनमा अगाडि बढनु पर्ने कुरा बताउनु भएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषलाल राजवंंशी को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक छविलाल बस्नेतले राख्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)