हल्दिबारी, २६ असार । मौसम पूर्वानुमान महाशाखाले आज तीन प्रदेशमा भारी वर्षा हुने आकलन गरेको छ । महाशाखाले दैनिक मौसमी बुलेटिन सार्वजनिक गर्दै कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको हो । कोशी प्रदेशको एक–दुई स्थानमा त अति भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मौसमविदहरूले तीन प्रदेशमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

‘देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाद्वारा जारी चेतावनी तथा परामर्शमा भनिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार