हल्दिबारी । साउदी अरेबिया जेद्दा सिजनमा नेपालसँगै भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स सहभागी हुने भएका छ्न ।

यही २६ जुलाई २०२४ बाट सुरू हूने यो सिजनमा नेपालको प्रदर्शन १६ अगस्ट २०२४ शुक्रबारका दिन इक्वेस्ट्रियन पार्कमा हुने झापाली समाजका साउदी अरबका अध्यक्ष एवं जेद्दा सिजन २०२४ का नेपाल संयोजक रविन गिरिले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा नेपालबाट कलाकार प्रमोद खरेल, केकी अधिकारी र रिमा विश्वकर्मा लगायतका कलाकार जादै छ्न ।

साउदी अरेबियामा सन २०१९ देखि सिजन सुरुको र नेपाल भने डिसेम्बरबाट रियाद सिजनमा सहभागी भएको थियो। सिजनमा नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य द्वारा नेपालको प्रर्दशन गर्ने गिरिले बताए ।

मौसम अनुकूल पारेर आफ्नो धर्म संस्कृति, कला, खेलकुद आदिलाई समावेश गरी प्रदर्शन गर्ने गरीएको छ भने जसको आयोजना साउदी सरकारद्वारा संचालित जी ई ए (क्रस कल्चर)ले गरेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार