हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र)ले जानकारी दिनु भएको छ ।

हल्दिबारी गाउँपालिका, कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र साझेदारी संस्था करुणा फाउण्डेसनको ५४ लाखको बजेट बिनियोजन पश्चात हिजो सोमबार करुणा फउण्डेसन संग सम्झौता भएको छ ।

गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) र करुणा फउण्डेसनको तर्फबाट निर्देशक योगेन्द्र गिरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको सामाजिक बिकास अधिकृत राजन न्यौपानेले जानकारी दिनु भयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता गरिएको हो ।

अपाङ्गता हुनबाट जोगाउन जन्मजात रोकथाम, भएका व्यक्तिहरुको पुनस्स्थापना र सेवा प्रवाह गर्ने संस्थाहरुको सुदृढिकरणका विषयमा प्रमुख रुपमा काम गर्ने गरि त्रिपक्ष सम्झौता भएको हो हल्दिबारी गाउँपालिकामा मात्र ८ सय जना भन्दा बढी अपाङ्गता भएका ब्यक्ति रहेकोले पनि यो कार्यक्रम फलदायि हुने प्रमुख प्रशासकीय अधिकृत बनले बताउनु भयो ।

यस कार्यक्रमकाे उद्देश्य गर्भबाटै अपाङ्गता रोकथाम गर्नु, अपाङ्गताभएका ब्यक्तिहरुलाई स्वास्थ्य, शिक्षा पुर्नस्थापना सेवा प्रवाह गर्दै उनिहरुको घरघरमा गएर कार्यक्रमलाई प्रभावकारी बनाउने रहेको छ । तिन बर्ष सम्म यो कार्यक्रम संचालन रहने गरि बार्षिक करुणा फाउण्डेसनले १८ लाख, सामाजिक विकास मन्त्रालयको १८ लाख र हल्दीबारी गाउँपालिकाको १८ लाख रुपैयाँको बजेट बिनियाेजन गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार