हल्दिबारी । हल्दीबारी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय परिचय पत्र खिच्ने काम यहि भदौको पहिलो साता सम्म संचालन रहने गाउँपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचय पत्र बितरण र वडा वडामा परिचय पत्र खिच्नेकाम पश्चात यहि साउन २१ गते देखि गाउँपालिका कार्यालयमै फोटो खिच्ने काम संचालन गरिएको सामाजिक बिकास अधिकृत राजन न्यौपानेले जानकारी दिनु भयो । वडाको सिफारिसमा प्रत्येक वडाबाट प्रत्येक दिन १०/१० जना गरि दिनको ५० जनाको राष्ट्रिय परिचय पत्र खिच्ने काम भइरहेको न्यौपानेले बताउनु भयो । परिचय पत्र खिच्न आउँदा वडा कार्यालयबाट सेवाग्राहीले आवश्यक कागजपत्र सहित सिफारिस पत्र लिएर आउँनु पर्ने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार