काठमाडौँ । बागमती प्रदेशको नुवाकाेट सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर आज दुर्घटनामा परेकाे छ ।रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टर बेपत्ता भएको थियो ।

उक्त हेलिकप्टर १ बजे र ५४ मिनेटको समयमा काठमाडौंबाट उडेको जानकारी भएता पनि सो हेलिकप्टरको शिवपुरीको डाँडाबाट सम्पर्क टुटेको जानकारी सार्वजनिक भएको हो।

एक प्रहरी अधिकृतका अनुसार अहिले शिवपुरी ७ स्थित सुर्यचौरमा हेलिकप्टर दुर्घटना फेला परेको छ । ‘दुर्घटना भएको ठाउँमा दनदनी आगो बलिरहेको छ । दुर्घटना स्थल जान सकिएको छैन ।

घटनाको शिवपु्री ७ का वडा सचिव नारायण पाण्डेले पनि पुष्टि गरेका छन। उनका अनुसार बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको छ ।

हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । उक्त हेलिकप्टर एयरपोर्टबाट उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । हेलिकप्टर अरुण मल्लले उडाउका थिए । जसमा चार चिनियाँ सवार रहेको बताइएको छ ।उनले दुई पुरुष, एक महिला, र अर्का एकजना चिन्न नसकिने अवस्थामा रहेको बताए ।यसैबीच नेपाली सेनाको उद्धार टोली पनि घटनास्थलतर्फ पठाइएको छ ।

एयर डाइनेस्टीको हेलिकप्टरमा सवार यात्रीहरुकाे विवरण:

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार