हल्दिबारीमा डेंगी संक्रमणबाट शिक्षीकाको मृत्यु हल्दिबारी संवाददाता शुक्रबार, साउन २५, २०८१ हल्दिबारी, २५ श्रावण । हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एक जना शिक्षीकाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ बर्षिय शिक्षीका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा आज दिउसो मृत्यु भएको परिवारजनले बताएका छन् । बिगत १३ बर्ष देखी चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा शिक्षण पेशामा रहेकी स्वर्गीय दाहालका श्रीमान् र एक छोरा, एक छोरी रहेका छन् । उनको प्रर्थिक शरिरलाई भोली विहान १० बजे हल्दिबारी ४, मणीपुरे टोलबाट दाहासंस्कारको लागि देउनिया घाट रंगेडाँडा लगिने परिवारजनले बताएका छन् । सामान्य ज्वरो आएर उपचालको लागि मेचि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुदैं थप उपचारको लागि विएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज निधन भएको हो । याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे? +1 0 +1 3 +1 0 +1 0 +1 79 +1 2 Facebook Twitter Email Post Views: 2,717