हल्दिवारी। झापा भद्रपुर १० का एक युवक आठ दिनदेखि परिवारबाट सम्पर्क विहीन भएको परिवारजनले बताएकाछन् । चन्द्रगढीको केन्द्रमोड निवासी टीकाराम सिवाकोटीका २० वर्षीय छोरा सृजन सिवाकोटी सम्पर्क विहीन भएका हुन ।

सिवाकोटी परिवारले सामाजिक सञ्जाल फेसबुक मार्फत गत साउन २२ गते मगलबार बिहान ११ बजेको समयमा चन्द्रगढी बजार जान्छु भनी घरबाट हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ ।

बुबाले छोरा सृजन तिमी जहाँ भए पनि हामी प्रतीक्षा गरिरहेका छौ भनी लेखेका छन् । कहीँ कतै छोरालाई देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा परिवारको मोबाइल नम्बर 9826930015 , 9814948263 वा 9816082336 मा सम्पर्क गरिदिन परिवारजनले आग्रह समेत गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
2
+1
5
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार