घेराबारी, ९ भदौ । झापाको कचनकवल गाउँपालिका–१ घेराबारी स्थित नेपाल–भारत सीमाको बारीजमिनको दशगजा क्षेत्रमा भारतीय पक्षले बाटो खन्न थालेपछि स्थानीयबासीले अवरोध गरेका थिए ।
आइतबार रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष महावीर (रञ्जीत) लिम्बले हल्दिवारी डटकमलाई बताए ।
“दशगजामा भारतीय पक्षले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ उनले भने , मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको छ र ” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको स्थानीयको भनाइ छ । हाल दुबै पक्षका सुरक्षा निकाय बिच छलफल पश्चात् बाटो बनाउने काम रोकिएको छ भने खनिएको १५० मिटर बाटो पुरिएको छ ।
दशगजा हुँदै भारतले बाटो बनाएको ठाउँमा १० गजाको माटो खन्दै बाटो पुर्न थालेपछि भिडन्तको स्थिति सिर्जना भएको थियो । वडा अध्यक्ष लिम्बुको नेतृत्वमा गएका स्थानीयले बाटो पुर्न थालेपछि १०० भन्दा बढी (एसएसबी ),स्थानीय थानाका सुरक्षा कर्मी भारतबाट १० गजामा पुगेका थिएभने सशस्त्र बेस क्याम घेराबारी र प्रहरी चौकिबाट २०/२५ जना सुरक्षा कर्मी सहित २५ जना जति स्थानीय घटना स्थलमा पुगेर ,तत्कालको लागि दुबै पक्षको छलफल पश्चात समस्या समाधान भएको छ ।
वडा अध्यक्ष लिम्बू भन्छन एक थोपा रगत भएसम्म हामी हाम्रो जमिनको लागि सजग रहन्छौ । भारतीयहरुको हाम्रो भुभाग प्रतिको गिद्धे नजरका कारण कहिले सम्म हामिले दुख पाउने उनले प्रश्न गरेका छ्न ।