बिर्तामोड । बिर्तामोडमा बिगत २८ बर्ष देखी गोमेन्द्र मल्टिपल कलेज संचालन गर्दै आएको संचालक समुहले GM कलेज मार्फत BA LLB संचालन गर्न लागेको उक्त कलेजकी प्राचार्य सरस्वती भुर्तेलले जानकारी दिनु भएको छ ।
राजार्षीजनक विश्वविद्यालयबाट सम्वन्धन प्राप्त उक्त कलेजमा १२ कक्षा उर्तिण विद्यार्थीले अध्ययन गर्न सक्नेछन भने झापा, इलाम, ताप्लेजुङ्ग र पाँचथरका कानुन विषय लिएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि सुवर्ण अवसर समेत रहेको छ ।
पाँच बर्षे कोषका लागी झापा बाहिर अध्ययन गर्दा १५ लाख भन्दा बढी खर्च हुने अवस्थामा यस कलेजबाट १० सेमिस्टरको अध्ययन पुरा गर्दा मासिक १० हजार ८ सय रुपैयाको खर्च मात्र लाग्ने जनाइएको छ अर्थात अध्ययन पुरा गर्दा ६ लाख ८० हजार रुपैया लाग्ने देखिन्छ । यस कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि २ लाख सम्मको दुर्घटना बिमा तथा अध्ययन ऋणका लागि आधार दरको २ प्रतिशत सहुलियत ब्यजदरमा एनएमबि बैङ्कसंग सम्झौता भई सिफारिस गर्ने ब्यवस्था समेत मिलाईको प्राचार्य भुर्तेलले जानकारी दिनु भयो ।
झापाकै ख्याति प्राप्त कलेज गोमेन्द्र कलेजकै छेउमा आफ्नै भवनमा प्रयोगात्मक सिकाइका लागि आफ्नै इजलास रहेको भवनमा अध्यापनको ब्यवस्था मिलाईएको समेत कलेज प्रसाशनले जानकारी दिएको छ ।