झापाको गौरीगञ्जमा भएको आगलागीले ठूलो धनमालको क्षति पुर्‍याएको छ, जसमा करिब ३१ लाख रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ। कृष्ण राजवंशीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा उनको पाँच कोठे पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेको नगद, सुन, चाँदी, अन्नपात, लत्ताकपडा, काठ र कागजपत्र जलेको छ, जसमा कुल २५ लाख बराबरको क्षति भएको बताइएको छ।

त्यस्तै, सोही घरमा डेरा गरी बस्ने मेघनाथ राजवंशी र मोहन दासको पनि ठूलो क्षति भएको छ। मेघनाथ राजवंशीको ४ लाख बराबरको सम्पत्ति जलेको छ भने मोहन दासको करिब २ लाख बराबरको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोली, गौरादह, दमक र कमलको दमकल, र स्थानीयबासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। घटनामा धनजनको ठूलो क्षति भए पनि मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएकाे छ भने उक्त बिहान ९  बजे सुरु भएकाे आगलागी १०ः०५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार