झापा । झापाको कचनकवलमा लागूऔषध गाँजाको अवैध कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बनियानीको टोलीले विशेष सूचनाको आधारमा कचनकवल गाउँपालिका-६ का नारायण सिंह राजवंशी (४७ वर्ष), भद्रपुर नगरपालिका-१ का प्रकाश भारती (२४ वर्ष) र पूजन सुवेदी (२४ वर्ष) लाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। यस घटनाले गाँजा लगायतका अवैध लागूऔषध कारोबार रोक्न प्रहरीले कडा निगरानी राखिरहेको स्पष्ट बुझ्न सकिन्छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार