आश्विन शुक्ल पूर्णिमाको अवसरमा आयोजित ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा भक्तपुर क्षेत्रबाट पशुपति क्षेत्र परिक्रमा गरी पुनः भक्तपुर फर्किएको छ।

यो जात्रामा मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडि डबलीमा करिब १० इन्च लामो सियोबाट जिब्रो छेडी, ४० किलोको भ्वयः (महादीप) बोकेर पशुपतिनाथसम्मको यात्रा गर्नु भएको थियो।

श्रेष्ठले जिब्रो छेडेर नग्न खुट्टाले विभिन्न ठाउँ हुँदै पशुपतिनाथको दर्शन गर्नुभएको थियो। दर्शन पछि, उहाँले सोही मार्गबाट फर्केर थिमिस्थित बालकुमारी मन्दिरमा पुगेर नातु (सियो) निकालेर मन्दिरको काठमा ठोक्नुभएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पशुपति क्षेत्रमा जात्राको स्वागत गर्दै, श्रेष्ठको जिब्रोमा परम्पराअनुसार शुद्ध तोरीको तेल राख्ने विधि पूरा गर्नुभएको थियो। यो अनुष्ठान पुरानो परम्परा अनुसार गरिन्छ, जसमा जिब्रो छेडिएको घाउँमा नासःद्यः देवता परिसरको माटो लगाइन्छ।

यस परम्परामा सहभागी भएर श्रेष्ठले १७ वटा दीप बोकेर लामो यात्रा गर्नु भएको थियो, जसले धार्मिक एवं सांस्कृतिक महत्त्वको परम्परालाई जीवन्त राखेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार