बिराटनगर, ४ असोज । झापा, मोरङ, र सुनसरीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ ३ गते झापाको मेचीनगर नगरपालिका-६ मा लागुऔषध नियन्त्रण व्युरो, काँकरभिट्टाबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका-११ का २० वर्षीय विपिन माझीलाई १ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

त्यसैगरी, दमक नगरपालिका-८ का २३ वर्षीय अभिषेक बिश्वकर्मालाई ट्रामाडोल र डिकोलीकका ६७-६७ ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ। मोरङको बेलबारी नगरपालिका-८ का २२ वर्षीय साहिल लिम्बुलाई ८० ट्याब्लेट ट्रामाडोल र नाईट्रोसनसहित प्रहरीले डाँगीहाटबाट पक्राउ गरेको छ।

यसबाहेक, सुनसरीको रामधुनी नगरपालिका-६ स्थित सडक किनारमा रहेको झाडीमा बेवारिसे अवस्थामा १४,८०० ट्याब्लेट निषेधित ट्रामाडोल फेला परेपछि इलाका प्रहरी कार्यालय पकलीले ती औषधिहरू नियन्त्रणमा लिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार