सुनसरी, ४ असोज । सुनसरीको इटहरीमा चक्का जाम गर्न खोज्ने दुर्गा प्रसाईका १० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ।

इटहरी उपमहानगरपालिका–६ स्थित टेंग्रा पुलनजिक चक्का जामको प्रयास गर्दा प्रहरीले जीवन श्रेष्ठ, गीतादेवी चौधरी, सारदा भट्टराई, शरद तामाङ, विकास उप्रेती, ध्रुव खड्का, मणि विक, हरि पोखरेल, रामबहादुर बस्नेत, र कमल खड्कालाई पक्राउ गरेको हो।

यो चक्का जाम राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको कोशी प्रदेश कार्यालयद्वारा आयोजना गरिएको थियो, जसको नेतृत्व प्रदेश उपाध्यक्ष ओम प्रसाईंले गरेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार