झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पूरक परीक्षामा २ लाख १० हजार ३२१ जना विद्यार्थी सहभागी भए, जसमा ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार ४२५ जना विद्यार्थीले परीक्षा पास गरेका छन्।

यो परीक्षा २०८० साल साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो। नतिजामा ९० हजार ८८८ जना विद्यार्थी ननग्रेड (एनजी) या अनुपस्थित रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ।

जीपीए वितरणअनुसार:

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार, परीक्षार्थीले सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक अनिवार्य रूपमा ल्याउनुपर्ने छ। यदि कुनै विषयमा एनग्रेड (एनजी) आएमा, लगातार तीन वर्षसम्म उक्त विषयमा ग्रेड वृद्धि परीक्षा दिने अनुमति रहेको छ।

२०८० को नियमित एसईई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएकाले सरकारले सबै अनुत्तीर्ण विद्यार्थीलाई पूरक परीक्षा दिने अवसर दिएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार