हल्दिबारी, ९ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका दुई जना समर्थकमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको आरोपमा मुद्दा दर्ता भएको छ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पीडीएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू र झापा सहसचिव ३३ वर्षीय सुरेश चौधरीमाथि कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। चौधरीलाई हिजो र तुम्बापोलाई आज पक्राउ गरिएको हो।

उनीहरूलाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ। घटनामा संलग्न अन्य फरार प्रतिवादीहरूको खोजीकार्य पनि जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

उनीहरूलाई असोज ६ गते दुई वटा भारतीय ट्रकमा आगजनी गर्नुका साथै ट्रक चालकलाई ज्यान मार्ने प्रयास गरेको आरोप लागेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार