असोज ११ र १२ गतेको लागि मौसमको पूर्वानुमान अनुसार, उच्च जोखिम भएका हिमाली र पहाडी जिल्लामा रात्रीकालीन बस नचलाइने छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५६ जिल्लामा भारी वर्षा र विपदका घटनाहरूको सम्भावना बारे सचेत गराएको छ।

विपद् व्यवस्थापन प्राधिकरणले धान काट्न, थन्क्याउन, र तराई तथा मधेश क्षेत्रमा भुइँतलामा अन्नपात नराख्न आग्रह गरेको छ। पहिरोको जोखिम भएका स्थानहरू र नदी किनाराका बस्तिमा सतर्क रहन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि अनुरोध गरिएको छ।

सुरक्षा निकाय र स्वयंसेवकहरूलाई तयार रहन र अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्न सल्लाह दिइएको छ। साथै, मौसम पूर्वानुमान महाशाखाले बिहीवारदेखि वर्षा र चट्याङसहितको मौसमको पूर्वानुमान गरेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार