हल्दिबारी, ११ असोज— एकता बहुउद्देश्यीय सहकारी संस्था लि. को २३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले गर्नुभयो, भने प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य माननीय छविलाल चुडाल हुनुहुन्थ्यो। सभामा विभिन्न ब्यक्तिहरूलाई सम्मान गरियो।

उत्कृष्ट बचतकर्ताका रूपमा सितादेवी राई र लेखनाथ भट्टराई, उत्कृष्ट सेयर धनी श्याम कुमारी काकी थापा, गंगा प्रसाद शिवाकोटी, असल ऋणी फुलमाया मोक्तान र मोहन तामाङ, जेष्ठ सदस्यमा तिलकुमारी सुवेदी र रुद्र प्रसाद नेपाललाई दोसल्ला र प्रमाणपत्रसहित ५ लिटर तोरीको तेल प्रदान गरियो।

संस्थामा २१ सय सेयर सदस्यमध्ये ९७१ जना महिला, ११५ जना पुरुष, र १५ संघ–संस्था सदस्य छन्। २०८१ असार मसान्तसम्म सेयर रकम २ करोड १४ लाख ८३ हजार १ सय रुपैयाँ रहेको छ, र संस्थाले ४६ लाख ५१ हजार ५८७ रुपैयाँ खुद नाफा गरेको छ। कृषि, व्यवसाय, सामूहिक खेती, पशुपालन, वैदेशिक रोजगार, चिया खेती, र घर कर्जा लगायतका क्षेत्रमा ११ करोड ३४ लाख ९३ हजार ७८ रुपैयाँ लगानी गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि छविलाल चुडाल, जिल्ला सहकारी संघ लि. झापाका केशव बस्नेत, हल्दिबारी गाउँपालिका वडा नं. २ का अध्यक्ष शुकलाल राजवंशीले शुभकामना मन्तव्य राख्नुभयो। अध्यक्षको प्रतिवेदन हरिकृष्ण अधिकारीले प्रस्तुत गर्नुभयो भने लेखा सुपरिवेक्षण समितिका संयोजक सोमराज तामाङले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो। संस्थाका उपाध्यक्ष गंगा प्रसाईंले स्वागत मन्तव्य राख्नुभएको यो कार्यक्रमको सहजीकरण संचालक समिति सदस्य हरि ढकालले गर्नुभएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार