१९ गते काठमाडौं/ नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रचित,वरिष्ठ संगीत संयाेजक जीबित जल्मीद्वारा संगीग तथा संगीत संयाेजन गरिएको,नेपाल आइडएल सिजन ५ का बिजयता करण परियारद्वारा स्वरबद्ध र हरिशरण मानन्धरबाट रेकर्डिङ गरिएको रक्तदान जागरण गीतकाे रेकर्डिङ आज स्ट्रिङ स्टुडियोमा सम्पन्न भएको छ ।
साेही अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाट प्रकाशनमा ल्याएको “हाम्रो रगत” नामक पत्रिका सम्मान स्वरूप नेपाल आइडएल सिजन ५ का बिजयता करण परियार र रेकर्डिष्ट हरिशरण मानन्धरलाई नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा मायाकाे चिनाे स्वरूप प्रदान  गरिएको थियो ।
जित्ने रहर सबैको हुन्छ,जित्ने केवल एउटै हुन्छ
रगतले ती मिथ्या ठान्छ,समानता मात्र उ बुझ्दछ
त्यसैले गराैं रक्तदान,चाहिनेलाई हुन्छ जीवनदान

हार र जीतलाई जाेगाउन रक्त सञ्चार भइरहन्छ
रगत बीनाकाे जीत र हार कुन संसारमा नै हुन्छ

त्यसैले गराैं रक्तदान,चाहिनेलाई हुन्छ जीवनदान

प्रतियोगिता नै त्याे हाे एक अब्बल अर्को दुर्बल
रगतले सन्देश दिन्छ हुनु पर्छ यहाँ सब नै सबल

त्यसैले गराैं रक्तदान,चाहिनेलाई हुन्छ जीवनदान

– प्रेमसागर कर्माचार्य

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार