सुनसरी, २४ असाेज । सुनसरीको दुहबी नगरपालिका–३ स्थित हनुमन्ते गलैँचा उद्योगमा भएको भीषण आगलागीले ठूलो क्षति पुर्‍याएको छ। धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएको उक्त उद्योगमा बुधबार राति ८ः३० बजेदेखि आगलागी सुरु भएको थियो, जसको कारण विद्युत् सर्ट भएको बताइएको छ। आगोले एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन, मेसिन, र गोदाममा राखिएका सामग्रीहरू जलेर नष्ट भएका छन्।

सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठका अनुसार आगलागीबाट ८० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ, जसमा गोदाममा राखिएका ४० करोड रुपैयाँ बराबरको सामग्री पनि समावेश छ। आगो नियन्त्रण गर्न बिराटनगर, इटहरी, धरान, दुहबी लगायतका स्थानबाट १२ वटा दमकल र सुरक्षाकर्मी परिचालन गरिएको भए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जनाउनुभयो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार