(फाइल तस्बिर) झापा। झापाको कमल गाउँपालिका-४ अमलडाँगी स्थित पूर्व-पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। २०८१ असोज २७ गते राति केर्खाबाट दमकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी-८ निवासी ३३ वर्षीय अनिल कुमार लिम्बु र २० वर्षीय सोमराज लिम्बु गम्भीर घाइते भएका थिए। अनिल कुमार लिम्बुको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो भने सोमराज लिम्बुको बाहिरी चोट देखिएको थिएन तर उनी पनि गम्भीर अवस्थामा थिए।

दुबैलाई दमक अस्पताल पुर्‍याइयो, जहाँ चिकित्सकले राति १२:५५ बजे दुबैको मृत्यु भएको घोषणा गरे। केर्खा प्रहरी चौकीको टोलीले घटनास्थलमा पुगेर मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
1
+1
1
+1
4
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार