धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रूसी पर्वतारोहीहरूको शव सङ्कलन गर्ने प्रयास प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण एक हप्तासम्म पनि सफल हुन सकेको छैन। सात हजार एक सय मिटरको उचाइमा शव फेला परेपछि, हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भएको भए पनि प्रतिकूल मौसमले गर्दा सफल हुन नसकेको छ। प्रहरीका अनुसार, धौलागिरिमा शव भेटिएको स्थानमा हेलिकप्टर अवतरण गर्न नसक्ने र व्यक्तिहरू पैदल पनि त्यहाँसम्म पुग्न असम्भव रहेको छ।

बुधबार, बिहिबार, र शुक्रबार उद्धार टोली पठाइए पनि मौसमको खराबीका कारण हेलिकप्टरहरू रित्तै फर्किएका थिए। दशैंको अवसरमा उद्धार कार्य रोकिएको थियो, भने आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर पुनः जान सकेन। अहिले मौसममा सुधार हुने बित्तिकै शव सङ्कलनका लागि फेरि उद्धार टोली पठाउने योजना रहेको जानकारी प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले दिएका छन्।

धौलागिरि आरोहणको क्रममा सम्पर्कविहिन भएका यी रूसी पर्वतारोहीहरू असोज २१ गतेदेखि हराएका थिए, र असोज २३ मा उनीहरूको शव भेटिएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार