(सांकेतिक तस्विर), झापा। झापा शिवसताक्षिको सगरमाथा होटलमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ गरिएको छ । २०८१ असोज २८ गते राति करिब ८:३० बजे संयुक्त प्रहरी टोलीले छापा मार्दा १२ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको र तासको एक बुकसहित नगद ५,०४,०३० रुपैयाँ बरामद गरिएको छ।

पक्राउ परेकाहरूमा होटलका मालिक बिनोद खरेल र स्थानीय व्यक्तिहरूसँगै भारतको कलकत्ताबाट आएका व्यक्तिहरू पनि छन्। प्रहरीले उक्त घटनाको अनुसन्धानलाई अगाडि बढाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार