राज अधिकारी / भारतका‌ प्रख्यात वन्यजन्तु उद्दारकर्मी तथा समाजसेवी मुरली अहिले नेपाल भ्रमणमा छन् । मुरलीवाले हौसला फाउण्डेशन मार्फत समाजसेवामा लागिरहेका मुरली वन्यजन्तु उद्दारका लागि वाइल्ड लाइफ रिह्यावलिटेटर अवार्ड द्वारा विभुषित भएका थिए । उनी करिब डेढ दशक अघिदेखि संरक्षणका क्षेत्रमा लागिरहेका छन् ।

आज नवलपरासी पश्चिममा नेपाली सेना लगायत फोटोपत्रकार राज अधिकारी, सर्प उद्दारकर्मी दुर्गा लामीछाने, दिपक नेपाल तथा समाजसेवी सन्तोष गुरुङको टिमसहित राज गोमन सर्पको उद्दारका लागि पुगेका मुरलीले वन्यजन्तुलाई माया गर्न र यिनको सुरक्षाको सुनिश्चितता गर्न सबैलाई आग्रह गरेका छन् ।

बर्दघाटमा समातिएको किङ्ग कोब्रालाई चितवन राष्ट्रिय निकुञ्ज त्रिवेणी नदी पारी लगि निकुञ्ज भित्र सकुशल छोडिएको छ।। यस सर्प उद्दार कार्यमा साथ र हौसला दिनुहुने सम्पुर्णमा आभार प्रकट गर्दछौ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार