झापा । झापाको बिर्तामोडमा सवारीको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । बिर्तामोड–भख्रपुर सडक खण्डस्थित बिर्तामोड–३ बिर्ताबजारमा बनियानीबाट बिर्ताबजार तर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदलयात्री लाई ठक्कर दिएको थियो ।

सवारीको ठक्करबाट भारतको बहादुरगञ्ज घर भई हाल बिर्तामोड–३ स्थित शैनिकमोडमा डेरी गरी बस्ने ६५ वर्षीय आसारुलाल पानवारी गम्भिर घाइते भएका थिए ।

उनको उपचारको क्रममा बिर्ता सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पछिल्लो समय झापामा सवारी दुर्घटनाको घटना बढ्दै गएको पाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार