भद्रपुर। हिन्दु स्वयंसेवक सङ्घ झापाको आयोजनामा बिर्तामिड स्थित गोमेंद्र कलेजको परिसरमा तीन दिवसीय योगाभ्यास कार्यक्रमको उदघाटन प्रमुख अतिथि संघ संघचालक वेद प्रकाश उपाध्यायले गरे । सो अबसरमा प्रमुख अतिथि उपाध्यायले हिन्दू धर्म र संस्कृतिको रक्षार्थ हिन्दू युवा बर्ग अगाडि बढेर हिंदूत्वको निम्ति संघर्ष गर्न निर्देशन गरे ।

संघ झापाका अध्यक्ष गोबिन्द लम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा संघ झपाका पूर्ब अध्यक्ष रूपक खनालले धर्म र संस्कृतिको आधार मा हिन्दू समुदायको अस्तित्व रहेको धारणा ब्यक्त गरे ।
सो कार्यक्रम अतर्गत बन्दसत्र योगाभ्यास बौद्धिक कार्यक्रम आसोज ३०र कार्तिक १ र २ गतेसम्म सञ्चालन हुने जानकारी ईश्वरप्रसाद पोख्रेलले गराएका छन । बन्द सत्रमा चन्दुलाल मुर्मु प्रमुख श्रद्धा जागरण केन्द्र नेपाल, प्रेम थुलुङ जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव,चित्रदेव कट्टेल सेवा प्रमुखलगायतले हिन्दू धर्मको संरक्षण गर्न जोड़ दिएका थिए । कार्यक्रममा जिल्लाका २५ जना बिद्यार्थीहरुको सहभागिता रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार