२ गते कार्तिक,जुम्ला/सर्वाधिक स्वयंसेवी  शतक रक्तदाता प्रेमसागर कर्माचार्यले कर्णाली प्रदेशको जुम्लामा १८०औं पटको रगत रक्तदान गर्नुभएको छ । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आफ्नो १८०औं पटकको रक्तदान गर्नुभएको हो ।

कर्मचार्यले मानिसमा रक्तदान गर्ने भावना सबैमा जागोस भन्ने सन्देश दिनका लागि विभिन्न जिल्लाहरुमा रक्तदान गर्दै आउनु भएको छ । यसपटक आफुले कर्णालीको जुम्ला जिल्ला १८०औं पटकको रक्तदान गर्ने मौका प्राप्त गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ “मेरो यो रक्तदानले जुम्ला जिल्लाका यूवाहरुमा पनि रक्तदान गर्ने भावना उत्प्रेरित हुनेछ भन्ने विश्वास लिएको छु ।”

रक्तदान पश्चात कर्माचार्यले रक्तदाताले दानमा दिएको रगत बिरामीलाई सरकारले नि:शुल्क उपलब्ध गराउँनु पर्ने बताउँदै त्यसकालागि संस्थागतरुपमा नै लागि परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘हामी रगतको अभावमा कसैले ज्यान गुमाउँन नपरोस् भन्दै संस्थागतरुपमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाट विभिन्न जिल्लामा संगठित भइ रक्तदान गर्न उत्प्रेरित गर्दै आइरहेका छौ ।

कर्माचार्यले आफू १६ वर्षको उमेरदेखि रक्तदान सुरु गरेको बताउँदै हरेक वडा तथा पालिकाहरुमा रक्तदाताहरु जन्माउनकालागि आफूहरु लागि परेको बताउँनु भयो । उहाँ भन्नुहुन्छ झन् जुम्लामा स्वयंसेवी रक्तदाताहरुको संख्या मनग्ये छ । यसकाे ब्यवस्थापन नै मुख्य कुराे छ । त्यसैले पनि म अहिले जुम्लासम्म आएर रक्तदान गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजकाे  ४० औं जिल्ला शाखा गठन गर्ने प्रकृयामा छुँ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार