झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलमा लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले एक व्यक्तिलाई लागू औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएकोछ।

उक्त घटना २०८१ साल कार्तिक ३ गते राति ९:३० बजेको हो, जब प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको सिटिसफारी गाडीमा सवार २६ वर्षीय होम कुमार मैनालीलाई शंका लागी तलाशी लिएको थियो।

अनुसन्धानको क्रममा मैनालीको मलद्धारमा प्लाष्टिकमा बेरिएको १४ ग्राम ८५० मिलिग्राम लागू औषध (खैरो हेरोइन) फेला परेको थियो, जसमा प्लाष्टिक बाहेक १३ ग्राम लागू औषध थियो। मैनालीलाई लागू औषध सहित नियन्त्रणमा लिइएको छ र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिनु भयाे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार