काठमाडौं । नयाँदिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार साँझ अवतरण गरेको भिष्टारा एयरवेजको जहाजमा बम राखिएको हल्ला फैलिएपछि सुरक्षा निकायले तत्कालै कदम चालेको छ। यात्रुहरूलाई जहाजबाट सुरक्षित रूपमा बाहिर निकालेर, नेपाली सेनाको टोलीले जहाजको सघन सर्च र चेकजाँच गरिरहेको छ। विमानस्थल कार्यालयका अनुसार अन्य जहाजहरूको उडान र अवतरण नियमित रूपमा जारी छ।

भिस्टाराको फ्लाइट नम्बर UK 155 भएको उक्त जहाजमा बम राखिएको हल्ला दिल्लीबाटै आएको थियो जसका कारण थप सुरक्षा जाँच सुरु गरिएको हो। पछिल्लो समयमा भारतीय जहाजहरूमा यस किसिमका हल्लाहरू बारम्बार फैलिरहेका छन् जसले सुरक्षालाई चुनौतीपूर्ण बनाएको छ।

अहिलेसम्मको रिपोर्टअनुसार कुनै अप्रिय घटना भएको छैन तर नेपाली सेनाले सम्पूर्ण सुरक्षा जाँच पुरा नगरेसम्म अवस्था सतर्कतामा राखिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार