झापा, बिर्तामोडस्थित हिकोला रोडलाई एकतर्फी बनाउने निर्णय जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड नगरपालिका वडा नं. ५, र बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा लिइएको हो। बिर्तामोडमा दिनानुदिन बढ्दै गएको भीडभाडलाई व्यवस्थित गर्न यो कदम उठाइएको छ। बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले यसबाट सवारी व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

यो निर्णय अनुसार, काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडमा सवारी साधनलाई एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्न दिइनेछ। साथै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेदेखि मसान्तसम्म पश्चिमतर्फ मात्र दुईपाङ्ग्रे सवारी साधनको पार्किङ अनुमति हुनेछ।

बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म ठूला सवारी साधनलाई सामग्री लोड-अनलोड गर्न हिकोला रोडमा प्रवेश निषेध गरिएको छ, भने शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोक चोक क्षेत्रमा पार्किङ पनि निषेध गरिएको छ।

लायन्स क्लब अफ बिर्तामोड सिटीले ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउन २० वटा साङ्केतिक बोर्ड प्रदान गरेको छ, जसको हस्तान्तरण कार्यक्रम बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेको उपस्थितिमा सम्पन्न भयो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार