झापाको दमक–९ निवासी यामु निरौला (उपनाम देशु) को हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरुमा मादी–१०, संखुवासभाका गणेश दर्जी, उर्लाबारी–६, मोरङका प्रकाश कार्की, र उर्लाबारी–७, मोरङका ध्रुव गौतम रहेका छन्।

कात्तिक ६ गते दमक–३, उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा जग्गाको विषयमा विवाद हुँदा ३७ वर्षीय यामु निरौलामाथि कुटपिट भएको थियो, जसका कारण उनको मृत्यु भएको बताइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार