हल्दिवारी । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा उम्मेद्बारी दिएका धर्मप्रसाद काफ्ले (बाबा ) ले आफूलाई मतदान नगर्न मतदाताहरुमा आग्रह गरेका छन् ।

काफ्लेले आफ्ना गुरु चन्द्रगढी निवासी रामकुमार गौतमलाई समर्थन गर्दै आफूलाई मतदान नगर्न सवै मतदातालाई आग्रह गरेका हुन् । संस्थाको उपाध्यक्ष पदमा मात्र निर्वाचन हुने भएको र भोलि (सोमवार) सम्पन्न हुने निर्वाचनमा उनले समेत उपाध्यक्षमा मनोनयन दर्ता गरेकोमा आफ्नो समर्थन अर्का उपाध्यक्षका उमेदवार आफ्नो गुरु समेत रहेका गौतमलाई जित सुनिश्चित गर्न सजिलो बनाइ दिएका हुन् । निर्वाचन प्रक्रियामा १ नम्बर मा गौतमको नाम उल्लेख छ भने काफ्लेको २ र अन्य को ३ र ४ मा उल्लेख रहेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षदेखि अन्य पदमा सर्वसम्मत भए पनि उपाध्यक्षमा भने निर्वाचन गर्नु परेको संस्थाले जनाएको छ । यस निर्वाचनमा करिब ३० लाख खर्च हुने बताईएको छ । भोलि सम्पन्न हुने निर्वाचन झापा ,मोरङ्ग र इलामका मतदाताले भद्रपुर, चारआली, बुधबारे, बिर्तामोड ( क/ख ) दमक र मोरङको उर्लाबारी मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । संस्थाका लागि महत्वपूर्ण योगदान दिन सक्ने क्षमता भएका गौतमको जीत आवश्यक रहेको मतदाताहरुको भनाइ छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
2
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार