काठमाडौं । सहकारी ठगी, संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छुटाउन दौडधूपमा लागेका छन् । रास्वपाका नेताहरुले सत्ता गठबन्धनका विभिन्न नेता तथा गृहमन्त्री र प्रधानमन्त्रीसँग भेटेर लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरेर सहयोग गरिदिन हारगुहार गरेका हुन् ।
सोमबार राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका अर्याल र परियारले २ घन्टाभन्दा बढी कुरेर ओलीलाई भेटेका थिए । लामिछानेलाई हिरासतमुक्त गरे सरकारलाई निःशर्त सहयोग गर्ने प्रस्ताव लिएर उनीहरु प्रधानमन्त्री भेट्न पुगेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले अदालती प्रक्रिया सुरु भइसकेकाले आफूले केही गर्न नसक्ने बताए ।
रास्वपाका नेताप्रति रिसाएका ओलीले ‘सरकार मर्यो भनेर जुठो बारेका बेला कसरी यहाँ आउनुभयो ?’ भनेर ब्यंग्यात्मक टिप्पणी गरेका थिए । कात्तिक २ गते पक्राउ पर्नुअघि लामिछानेले सरकार मरेको भन्दै देशरभर सरकारविरुद्ध आन्दोलनमा उत्रिन नेता कार्यकर्ता तथा शुभचिन्तकलाई आह्वान गरेका थिए । त्यस्तै कास्की जिल्ला दलातको प्रांगणबाट लामिछानेले ओली सरकार सबैभन्त्दा भ्रष्ट रहेको बताउँदै यो सरकार रहुन्जेल जनताले सुख नपाउने बताए ।
रास्वपाका कार्यकर्ताले चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिकात्मक शव बनाइ दाहसंस्कार नै गरेका थिए ।
प्रधानमन्त्री ओलीले अदालतलाई प्रभाव पार्ने काम नगर्न रास्वपाका नेताहरुलाई सुझाब दिए । लामिछाने पक्राउ परेपछि रास्वपाले सरकारविरुद्ध आन्दोलमा उत्रिएको छ । सडकबाट रास्वपाका नेताहरुले सरकारविरुद्ध आगो ओकलिरहेका छन् । तर भित्रभित्रै रास्वपाका नेताहरु प्रधानमन्त्री तथा मन्त्रीहरुलाई भेटेर रविलाई छुटाए सरकारलाई नि:शर्त सहयोग गरे प्रस्ताव गरिरहेका छन् ।
रास्वपा सभाापति लामिछाने १५ प्रतिशतको साझेदारसहित प्रबन्ध निर्देशक रहेका गोर्खा मिडिया नेटवर्कले भिविभन्न सहकारीबाट अर्ब बढी रकम ल्याएर अपचलन गरेको प्रहरी अनुसन्धान र संसदीय विशेष समितिले निष्कर्ष निकालेको छ ।
यसरी गैरकानूनीरुपमा आएको रकम प्रबन्ध निर्देशकका हैसियतमा लामिछानेले नै खर्च गर्थे । यसरी गोर्खा मिडियामा सहकारीको रकम ल्याउने योजनाकार लामिछाने नै भएको आंशिक तथ्यहरु भेटिएपछि उनीमाथि सहकारी ठगीका साथै संगठि अपराधमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । यो खबर क्लिकमाण्डुबाट