कविता – “यो दीपावली”
यो दिपावलीमा मायाको दियो बालेर
यो दीपावलीमा सबै विवादहरू बिर्सनु।
रिस उठ्ने र मुख फर्काउनेहरू;
यो दिपावलीमा उनीहरूसँग पनि हात मिलाउनु l
आज छिमेकीहरू हामीसंग किन रिसाउँछन्?
तिनीहरूको ढोकामा जानु र
यो दीपावली
देउसी भैलो खेलेर मनाउनु।
प्रियजनहरूसंग किन रिसाउनु र टाढा बस्नु;
हामीले यो दिपावलीमा उनीहरूलाई घरमा
बोलाउनु पर्छ ।
हाम्रो स्वस्थ शरीरमा सफा मन पनि हुनुपर्छ;
यो दीपावलीमा आत्मालाई जगाऔंl
मनले अधुरो प्रेमको संगीत गाउन सक्छ;
तर यो दीपावलीमा पटाका प्रयोग नगर्नु।
-देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1