ओखलढुङ्गाको चिसंखुगढीमा देउसी खेल्दा भएको विवादले दुःखद स्थितिको रूप लिएको छ। गएराति देउसी खेल्ने क्रममा स्थानीय १७ वर्षीय अन्जन गदैली उनका दाजु २६ वर्षीय सोमबहादुर र ३० वर्षीय बिराज गदैलीबीच विवाद भएपछि बिराजले अन्जनको टाउको फुटाइदिएका छन् र सोमबहादुरको अनुहारमा चोट पुर्‍याएका छन्।

घाइते दुवैजनालाई उपचारका लागि सामुदायिक मिसन अस्पताल ओखलढुङ्गामा पठाइएको छ। प्रहरी चौकी निशंखेमा बिहान खबर प्राप्त भए लगत्तै प्रहरी टोलीले कुटपिट गर्ने बिराज गदैलीको खोजीकार्यलाई तिब्र बनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार